
पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ । लगातारको बर्षासगैको बाढी र डुवानमा परेर कयौं मानिस घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
वर्षाका कारण सडक र कार्यालयहरुमा अलपत्र परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण सडक जलमग्न हुनुका साथै विद्युत आपूर्ति समेत बन्द भएको छ । सिन्धिया प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले बाढीपछि आपतकालीन अवस्थाको घोषणा गरेका छन् । एजेन्सी







