December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

जापानी प्रधानमन्त्री सिन्जो आबेद्धारा राजीनामा दिने घोषणा

टोकियो, जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गरेका छन । जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उनले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाएको बताइएको थियो ।

उनले आजै अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन । उनले आफु अस्वस्थ्य हुदा हुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेका बताएको थियो ।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्काे उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए । नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्काे हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ ।

उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिन लागेको भएको समाचारमा जनाइएको छ ।

सन् २०१२ देखि लगातार शक्तिमा रहनु भएका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएका नेता हो । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर पछि सुधार भएपछि फेरी निर्वाचित भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको