December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

अमेरिकाको आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति ट्रम्पले भ्रमण गर्ने

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जाने बताइएको छ । उनले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको हो ।

उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका लागि आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्न लागेको सम्बोधनको कार्यक्रम पछि सार्न खोजेको बताएका थिए ।

उनले आँधी निकै ठूलो भएकोले तत्काल जान नसकिएको भन्दै अब भने कमजोर भएकोले अब छिट्टै गइहाल्ने बताए । अमेरिकाका लुजियाना र टेक्सासमा करिब २४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले निकै क्षति पु¥याएको समाचारमा जनाइएको छ ।

यो आँधीले पाँच लाख घरपरिवारमा बिजुलीको आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा पनि आगलागी भएको जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको