June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

टेक्सासमा गाेली हानी पाँच जनाको हत्या

अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ ।दुई जना महिलाको शवमुनिबाट दुई जना बालबालिकालाई भने सकुशल निकालिएको बीबीसीले जनाएको छ । मारिने सबै होन्डुरसका नागरिक रहेका छन् ।

स्थानीय प्रहरी अधिकारीले संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएका छन् ।प्रहरीले गोली हान्ने व्यक्ति अझै फरार रहेको बताएको छ । केही दिनअघि टेक्सासमै एक भोजका क्रममा गोली चल्दा पनि नौ जनाको ज्यान गएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको