June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

‘दुर्घटनावश रुसी लडाकु विमानले आफ्नै शहरमा बम खसाल्यो’

मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ।क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताए।

उनका अनुसार घटनामा दुई जना महिला घाइते भएका छन् भने कैयौँ भवनहरूमा क्षति पुगेको छ।

एउटा एसयू-३४ बम खसाल्नसक्ने लडाकु विमानले दुर्घटनावश विस्फोटक पदार्थ खसालेको भनिएको छ। कुन खालको अस्त्र खसेको भन्नेबारे उसले खुलाएको छैन्।

शीर्ष समाचार

धेरै पढिएको