March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

भीषण बर्षासँगै आएको बाढिले अफ्गानिस्तानमा १२० जनाको मृत्यु, १५० जना घाइते

काबुल, अफगानिस्तानमा हालकै दिनहरुमा बर्षासँगै आएको बाढिका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

गएका दुई दिनदेखि अफगानिस्तानमा निरन्तर बर्षाका कारण बाढी आएको छ भने सो बाढिमा परि १२० मृत्यु भएको र १५० जना घाइते भएको त्यहाँका सुरक्षा अधिकारिहरुले सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।

ती घटनाहरु देशका कम्तीमा पनि १२ ओटा प्रान्तहरुमा भएको यहाँका विपद् व्यवस्थापन सम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका हुन् । स्थानीय अधिकारीकाअनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ १०० जना भन्दा बढी घाइते भएका छन् ।

बढीको क्रम निरन्तर रहेकोले कतिपय प्रान्तका ठाउँमा उद्धारकर्ताले प्रभावकारी रुपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले समाचार सम्प्रेषण गरेको छ । विभिन्न क्षेत्रमा खटिएका ती उद्धारकर्ताले हराइरहेकाको शव भेट्टाउन तथा मानिसलाई जिवीतै उद्धार गर्न सकिन्छ की भनेर अहिले पनि प्रयास जारी राखेको जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको