April 28, 2025, Monday
२०८२ बैशाख १६, मंगलवार

बिहारको तरकारी बजारमा आगलागी हुँदा ११५ पसलहरू जलेर नष्ट

नयाँदिल्ली, बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा सयौं पसलहरु जलेर नष्ट भएका छन् । सो बजार वरिपरिका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीव्र गतिमा सल्केको र ग्यास सिलिन्डर पड्किएपछि आगोले एक्कै छिनमा दर्जनौं पसलहरू जलेर नष्ट पारेको स्थानीयले बताएका छन् ।

यसैगरी आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा  करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ । त्यैसगरी एक जना व्यक्ति  भाग्नेक्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । 

यस्तै, आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेको छन् । सूचना पाएलगत्तै प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको