December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४३ लाख नाघ्यो

  • 5
    Shares

जेनोभो, विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३० हजार ४०९ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ६८ लाख ९८ हजार ८९१ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६६ लाख ३९ हजार २८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख २ हजार ९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको