December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

  • 31
    Shares

सान फ्रान्सिस्को, लोकप्रिय चिनियाँ भिडियो सेयरिङ मोबाईल एप टिकटकका प्रमुख केभिन मायरले राजिनामा दिएका छन । केही महिनाअघी मात्र प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छोड्नुपर्दा निकै दु:ख लागेको बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन् ।

राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन् ।

उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्नु हुनेछ । टिकटकले पनि मायरले राजीनामा दिनुभएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको