प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाईपत्र हस्तान्तरण गर्नुभएको थियो ।








