December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो

नयाँदिल्ली, भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमतिको कुल संख्या ३२ लाख ३४ हजार ४७५ पुगेको छ । ती मध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि सङ्क्रमित अवस्था रहेका छन् ।

हाल सङ्क्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन । हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।


शीर्ष समाचार

धेरै पढिएको