December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

भाइरस र आँधी विरुद्ध तयार रहन उत्तर कोरियाका नेता किम जोङको आह्वान

फाइल फोटो

सोल, उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन ।

तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता अनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका छन ।

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि मंगलबार दिएका थिए । सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त दिएका थिए । दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको