काठमाडौं, मङ्सिर २१ गते । चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार त्यता प्रस्थान गर्नु लाग्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उहाँको तेस्रो वैदेशिक भ्रमण र सन् २०१६ देखि साउदी अरबियामा पहिलो भ्रमण हुँदैछ ।
दुई देशबीचको ऐतिहासिक सम्बन्ध र रणनीतिक साझेदारी स्थापित गर्नको लागि यस भ्रमणसँगै उच्चस्तरीय शिखर सम्मेलन आयोजना हुने साउदी प्रेस एजेन्सीले मंगलबार जनाएको छ ।
सहमतिअनुसार २९२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर आर्थिक सहयोग चीनद्वारा साउदी अरबियालाई दिने विषयमा सम्झौतापत्र हस्ताक्षर हुनेछ ।
चिनिया विदेश मन्त्रालयका प्रवक्ता हु चुङयिङले राष्ट्रपति सीले साउदी अरबियामा राजकीय भ्रमण गरेर रियादमा हुने पहिलो पटकको चीन र अरब राष्ट्रहरूको सम्मेलन तथा चीन र जीसीसी सम्मेलनमा भाग लिने जानकारी दिनुभयो ।







