
सेनेगल, सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटपिट भएको छ । संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो ।
त्यसपछि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका थिए ।
यसैगरी सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बहुमत ल्याउन नसकेपछि तनाव झन बढेको छ ।
राष्ट्रपति म्याकी सालले सन् २०२४ को राष्ट्रपति पनि चुनावमा तेस्रो पटक उम्मेदवारी दिने तयारी गरेपछि विपक्षी झनै आक्रामक बनेका छन् । एजेन्सी







