April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

अबुधावी, दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ ।

युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु भएका नह्यानसँग अमेरिकी विदेश मन्त्रीले दुई देशको आपसी सम्वन्ध र सहकार्यका बारेमा कुराकानी गरेका छन । टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरुका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ । साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उनिहरुका बीचमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो । त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उहाँहरुले कुराकानी गरेको जनाएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको