दक्षिण कोरियामा एकैदिन ६२ हजार भन्दा बढीमा कोरोना संक्रमण

सउल, दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत २४ घण्टामा मात्रै ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा थप ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् ।
त्यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलवार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र सङ्क्रमण देखिएको थियो ।एजेन्सी
प्रतिकृया दिनुहोस्