
इस्लामवाद, पछिल्लो समय पाकिस्तानमा सुरु भएको डेँगुको प्रकोप झन् बढ्न थालेको छ । पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पञ्जावमा मात्र आइतबार ४ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ ।
पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।
करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ ।एजेन्सी







