
काठमाडौं, श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका हुन् ।
यसैगरी दानुष्कालाई उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेको बताइएको छ । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको जनाइएको छ ।






