पाकिस्तानमा जबरजस्ती अल्पसख्यंकलाई धर्म परिवर्तन

इस्लामवाद, पाकिस्तानमा हिन्दू, सिख र ईसाई केटा र केटीहरूले अपहरण र जबरजस्ती इस्लाम धर्म परिवर्तनको सामना गरिरहेका छन् । धार्मिक अल्पसख्यंकहरुका लागि पाकिस्तान सबैभन्दा जोखिमपूर्ण ठाँउ भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तानमा धार्मिक अल्पसख्यंक नाबालिग केटीहरूलाई पनि प्रायः पूर्व-नियन्त्रित विवाह गर्न बाध्य पारिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।
सन् २०२१ को नयाँ तथ्याङ्कअनुसार वर्षेनी एक हजारभन्दा बढी मुद्दाहरू रेकर्ड भइरहेकाले स्वदेश तथा विदेशमा रहेका मानवअधिकार निकायहरूमा चिन्ता बढेको छ ।
बहुसंख्यक हिन्दुहरू बसोबास गर्ने सिन्ध प्रान्तको भित्री भागमा नाबालिग हिन्दू केटीहरूलाई बारम्बार जबरजस्ती धर्म परिवर्तन गर्न बाध्य पारिएको र जबरजस्ती इस्लाम केटासंग गराइने विवाह प्रमुख समस्या बनेको छ। हिन्दुका अलावा अन्य धर्महरु जस्तै सिख र ईसाईहरूका लागि पनि अवस्थाहरू फरक छैनन्। एजेन्सी
प्रतिकृया दिनुहोस्