कट्टरपन्थी हिन्दू धर्मगुरु सुरीको गोली हानी हत्या
नयाँदिल्ली, भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन मन्दिरमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो ।
यसैगरी उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए । उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा एक स्थानीय व्यापारीलाई पक्राउ गरिएको छ ।
पञ्जाब राज्यका प्रहरी महानिर्देशक गौरव यादवका अनुहार हाल ती सन्दिग्ध व्यक्तिसँग सोधपुछ भइरहेको छ ।
प्रहरीका अनुसार सुरी हिन्दू देवताहरूको अपमान गरिएको कथित घटनाविरुद्ध प्रदर्शन गर्न अमृतसरस्थित स्थानीय मन्दिर बाहिर उपस्थित थिए। पछिल्ला केही वर्षहरूमा अमृतसरमा स्पष्ट रूपमा धार्मिक रूपमा प्रेरित हत्याहरू भएका छन् ।
एजेन्सी
प्रतिकृया दिनुहोस्