संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् । एक्काइस सदस्यीय मन्त्रिपरिषदमा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेकाे महासचिवका प्रवक्ताले बताएका छन् ।

महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जबाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गर्नुभएको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नवगठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको महासचिवले जनाए ।







