
न्युयोर्क, अमेरिकाको फ्लोरिडा राज्यको एक नाइटक्लबमा आइतबार बिहान गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सिगार र मार्टिनी लाउन्ज नजिकै गोली चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ । एजेन्सी






