
काबुल, अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।
यसैगरी इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो ।एजेन्सी







