
काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको छ । चिनियाँ विदेश मन्त्रालयक अनुसार शुक्रबार सो भेटवार्ता भएको हो ।
गत फेब्रअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि दुई देशबीच बिहीबारको बैठक पहिलो हो । शुक्रबार, युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान गर्दै छन् जुन कीभ र यसका सहयोगीले गैरकानुनी भूमि कब्जाको रूपमा निन्दा गरेका छन् ।
यसैबीच मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार वाङले कुलेबालाई भने, “सबै देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नैपर्छ। सबै देशको वैध सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्छ र सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकूल हुने सबै प्रयासलाई समर्थन गर्नुपर्दछ।”
यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग संयुक्त राज्य अमेरिकाको सामना गर्न घनिष्ठ रणनीतिक गठबन्धनको प्रयास गरिरहेका बेला बेइजिङले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ ।एजेन्सी







