
काठमाडौं, ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस)ले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ ।
यसैगरी भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपुर्याएको जनाएका छन् ।एजेन्सी







