
काठमाडौं, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ ।सोही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युक्रेनमा भएको आक्रमणपछि रुसी पुटिन र सीबीचको यो पहिलो भेट हो । राष्ट्रपति पुटिनले ‘एक ध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् । चिनियाँ राष्ट्रपति सीले चीन रुससँग काम गर्न इच्छुक रहेको बताएका छन् । पुटिन र सीले यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेट गरेका थिए ।एजेन्सी







