
नैरोबी, केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा मंगलबार भएको विशेष समारोहमा शपथ ग्रहण गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागीता थिए ।
यसैगरी केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सन् १९६६ मा जन्मिएका रुटोले गएको अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनावमा जित हासिल गरेका थिए ।
विपक्षी दलका नेता राइला ओडिङ्गा झिनो मतले पराजित भएका थिए भने चुनावमा धाँधली भएको भन्दै ओडिङ्गाले मतपरिणाम अस्वीकार समेत गरेका थिए ।एजेन्सी






