
काठमाडौं, उत्तर कोरियाले आफूलाई आणविक हतियार राष्ट्र घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले कानुन पारित गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले यो निर्णयमा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यस विषयमा कुनै पनि तहको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।
यसैगरी उत्तर कोरियाको यो कानून अनुसार देशलाई आफ्नो रक्षाका लागि आणविक हतियार प्रयोग गर्ने अधिकार हुनेछ । धेरै प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरेको थियो ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको बावजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमतालाई बढाएको छ । किम जोङले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि दुई पटक शिखर वार्ता गरेका थिए तर त्यसको कुनै फाइदा भएन ।एजेन्सी







