
लण्डन, बेलायतमा अधिक समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपसँगै उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।
७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।
उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् । महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।एजेन्सी







