
न्युयोर्क, अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागु भएको छ । कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ ।
यसैगरी प्रतिबन्धहरू कानून प्रवर्तन अधिकारीहरूमा भने लागू हुने छैन् । बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिका वर्षेनी दर्जनौँ मानिसको मत्यु हुने गरेको छ । एजेन्सी







