
बग्दाद, पछिल्लो समय इराकमा भइरहेको प्रदर्शन थप हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल–सद्रले राजनीनिबाट सन्यास लिने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ ।
शिया धर्मगुरु मुक्तदा अल–सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन् । एजेन्सी







