
काठमाडौं, रूस र युक्रेनको युद्ध सुए भएदेखि हालसम्म करिब ९ हजार युक्रेनी सैनिक मारिएका छन् । ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् ।

युक्रेनका कमान्डर–इन–चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। थुप्रै बालबालिकाका अभिभावक युद्ध मैदानमा छन्। तीमध्ये कतिपय त मारिएका छन्। बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धबीच यही बुधबार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ।
यसैगरी मस्कोको सेनाले राजधानी किभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। युद्धले ऊर्जा–इन्धन र खाद्यान्नको मूल्य अकासिएको छ। एजेन्सी







