
अंकारा, दक्षिणपूर्वी टर्कीमा शनिबार सवारी दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलका अनुसार पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा अन्य २० जना घाइते भएका छन् भने हाल उनीहरुको उपचार भइरहेको छ ।
यसैगरी मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।एजेन्सी







