
काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विष्फोट भएको छ ।
शहरको उत्तर पश्चिम खैर खाना क्षेत्रमा साँझको प्रार्थनाको समयमा विष्फोट भएको प्रहरीको भनाइ छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विष्फोटमा परेर कम्तिमा तीन जनाको मृत्यु भएको छ र कैयौं घाइते भएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा अस्पताल सञ्चालन गरिरहेको इटालीको एक गैरसरकारी संस्थाले २७ जनाको उपचार गरेको जनाएको छ ।
जसमध्ये ३ जनाको मृत्यु भएको र घाइतेमध्ये पाँच जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा सिद्दीकी मस्जिदका इमाम पनि रहेको बताइएको छ ।
यसैगरी विष्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । काबुलमै एक साता अघि आत्मघाती बम विष्फोटमा एक प्रमुख तालिबान समर्थक धर्मगुरुको मृत्यु भएको थियो ।एजेन्सी







