
मस्को, रुसको रोस्तोमा आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । मङ्गलबार जङ्गलमा आगलागी भएको र सोही आगो बस्तीमा लागेर घरहरू जलेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मान्छे बस्दै आएका घरहरू जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ । देशको उस्त डोनेत्स्क जङ्गलमा भने गत सोमबारदेखि आगलागी भएको थियो ।
आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ ।एजेन्सी







