
अमेरिकामा पछिल्लो समय बेरोजगारी कारण रोजगार बिमाको लागि धेरै नागरिकहरुले आवेदन गरिरहेका बताइएको छ । अमेरिकाबाट सञ्चारमाध्यमलाई प्राप्त समाचार अनुसार उक्त आवेदन गर्नेको सङ्ख्या कम्तिमा ११ लाख पुगेको छ ।
कोरोना भाइरसको महामारीको कारण अमेरिकामा यस्तो अवस्था सृजना भएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको पाइएको छ ।
यस्तो बेरोजगारी संख्या यहाँ बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो ।







