
काठमाडौं, बुकर पुरस्कार विजेता तथा द सैटानिक भर्सास्युका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा चक्कु प्रहार भएको छ । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमलामा रुस्दीको अन्तरवार्ता लिने व्यक्ति पनि घाइते भएका थिए । सलमान रुस्दीका एजेन्टले उनको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी दिएका छन् ।
चक्कु प्रहारपछि सलमान रुस्दीको अवस्था चिन्ताजनक रहेको उनले बताएका छन् भने उनी हाल भेन्टिलेटरमा र बोल्न नसक्ने अवस्थामा छन् ।
एन्ड्रयू वाइलीका अनुसार आक्रमणको कारण लेखकको दृष्टि गुम्न पनि सक्ने छ। उनले भने, ‘सलमानको आँखा गुम्ने सम्भावना छ। उनको हातमा गहिरो चोट लागेको र कलेजोमा छुराको चोट लागेको पनि आशंका गरिएको छ।’एजेन्सी







