
काठमाडौं, छिमेकी मुलुक भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । निर्वाचन संसद भवनमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।
उपराष्ट्रपतिमा सत्तारुढ एनडीएका जगदीप धनखर र विपक्षीबाट मार्गरेट अल्भा भिड्दै छन् ।
भारतमा यसअघि भएको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु निर्वाचित भएकी थिइन् ।






