April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न सक्दैन: सभामुख पेलोसी

ताइपेई, अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

चीनले दिएको चेतावनीलाई वेवास्ता गर्दै मंगलबार ताइवान पुगेकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताएकी हुन् ।

राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले  विश्वभरि लोकतन्त्रको प्रवर्द्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन ।

अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुनुहुन्छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको