
काबुल, आतंककारी संगठन अल कायदाका नेता आयमान अल जवाहिरी अमेरिकी कारवाहीमा मारिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवादविरद्धको कारबाहीमा उनी मारिएका हुन् ।
यसैगरी जवाहिरी घरको बरण्डामा रहेका बेला ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । आक्रमणका कारण उनको परिवारका अरु सदस्यलाई भने कुनै हानी नभएको अमेरिकी दाबी गरिएको छ ।एजेन्सी






