
इस्लामवाद, क्रिप्टो स्क्यामरले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक गरेका छन् ।
पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको हो ।
ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले जानकारी दिएका छन् । उनका अनुसार ह्याकरहरूले उनका ७।४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।एजेन्सी






