
याङ्गुन, म्यानमारका अधिकारीहरुले राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलका अनुसार आइतबार म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु छ महिना थपिएको
हो ।
म्यानमारको संविधानअनुसार त्यहाँ सङ्कटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ ।
म्यानमारका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेका थिए । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो ।एजेन्सी






