
काबुल, अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको बताएको छ ।
सो झडपका लागि एक देशले अर्को देशलाई दोष दिएको छ । १ वर्षअघि तालिबानले सत्तापलट गरेपछि इरानसँगको सीमा क्षेत्रमा बारम्बार झडप हुने गरेको छ ।
पछिल्लो झडपको वास्तविक अवस्था स्पष्ट छैन । निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले भने, ‘हाम्रोतर्फ एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् ।’ एजेन्सी







