
वासिङटन, अमेरिकी राष्ट्रपति जो बाइडेन एकपटक फेरि कोरोना संक्रमण भएको छ । उनका निजी चिकित्सकले ‘रिबाउन्ड इन्फेक्सन’ सो जानकारी दिएका हुन् ।
यसअघि बाइडेनलाई जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि आफ्नो सम्पर्कमा आउने मानिसको सुरक्षाको लागि आइसोलेसनमा रहेको बताए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बाइडेनका फिजिसियन डा कोविन ओ कोनोरले उनलाई फेरि उपचारको जरुरी नभए पनि निगरानीमा राखिने बताएका छन् । बाइडेनले कोरोनाबाट सुरक्षित रहनका लागि पैक्सलोविड नामको एन्टिबाइटिक दबाइ लिइरहेका छन् ।







