
ढाका, बङ्गलादेशमा रेलले किच्दा ११ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको मिरसराय जिल्लामा भएको उक्त घटनामा मृत्यु हुनेमा अधिकांश शिक्षक र विद्यार्थी रहेका छन् ।
माइक्रोबसमा सवार उनीहरू रेलवे लिकबाट गुज्रिरहेका बेला दुघर्टना भएको हो ।

हाल घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ
बङ्गलादेशका सञ्चार माध्यमहरूले रेल्वे लिक खुलेका बेला माइक्रोबस चालकले रेल आइरहेको ध्यान नदिँदा बाटो काट्न खोज्दा अकस्मात रेल आएर दुघर्टना भएको बताएको छ ।







