
काबुल, वर्षाका कारण पाकिस्तानमा बाढी, पहिरो, डुबानलगायतका घटना भएका छन् । यस वर्ष पाकिस्तानमा मनसुन सुरु भएदेखि अहिलेसम्म वर्षापछिका विभिन्न घटनामा परी कम्तीमा तीन सय ७५ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती घटनाका कारण चार सयभन्दा बढी घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ । यसैगरी, पाकिस्तानमा यस वर्षको मनसुन गत जुन १ देखि सुरु भएको मानिएको छ भने अधिकांश ठूला घटना जुन १४ देखिए भएका छन् ।
पाकिस्तानमा प्राधिकरणले २३ हजार सात सय ९२ घरमा पूर्ण तथा आङ्शिक क्षति भएको जनाएको छ । सडक, सञ्चार, विद्युत्, सार्वजनिक भवनहरूलगायतमा पनि क्षति पुगेको छ ।एजेन्सी







