
बेइजिङ, छिमेकी मुलुक चीनको वुहान सहरमा फेरि कोरोना भाइरसको नयाँ सङ्क्रमित फेला परेको छ । वुहानको जियाङ्गक्सियामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वुहानमा फेरि कोरोना सङ्क्रमण देखिएपछि थप फैलन नदिन त्यहाँको प्रशासनले लकडाउन गरेको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिहरूमा भने अहिलेसम्म कोरोनाका कुनैपनि लक्षणहरू देखिएका छैनन् ।
झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । चीन सरकारले कोरोनाबाट लड्नका लागि शून्य कोभिड रणनीति अपनाएको छ ।एजेन्सी






