
क्यालिफोर्निया, शुक्रबारदेखि नै क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै लागेको डढेलोले झनै उग्र रुप लिँदा यसबाट हजारौँ मानिस विस्थापित भएका छन् ।
ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएको क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ । क्याल फायरको रिपोर्टअनुसार अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको छ । डढेलोले करिब १५ भौतिक संरचनामा पूर्णतया क्षति पुर्याएको छ भने हजारौं मानिस जोखिममा परेका छन् । एजेन्सी






