अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । गोली प्रहारबाट तीनजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समय अनुसार राति १२ः४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । तीमध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् ।गोली प्रहारका घटना निरन्र हुन थालेपछि बन्दुकसम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ ।







