
नयाँदिल्ली, भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अहिलेसम्म देशभरि ३ करोड १७ लाखभन्दा बढीमा भाइरस परीक्षण गरिएको जनाएको छ । संक्रमित संख्याका आधारमा भारत हाल विश्वकै तेस्रो स्थानमा छ । पछिल्लो समय भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत राज्यमा भाइरसको संक्रमण थप तीव्र बन्दै गएको छ ।





